दोश्रो गलकोट घुम्टे महोत्सवको टाईटल प्रायोजन प्रभुले गर्ने घोषण गरेको छ । नजिकिँदै गईरहेको नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी नेपाल भित्रको नेपालका रुपमा चिनिने गण्डकी प्रदेशको बाग्लुङ जिल्ला स्थित गलकोटमा दोश्रो गलकोट घुम्टे महोत्सव हुने भएको छ । आगामी मंसिर ४ गतेदेखि ११ गतेसम्म गलकोट नगरपालिका–५, हरिचौर स्थित बसाहाफाँटमा सो महोत्सव हुन लागेको छ ।
गलकोट पर्यटन विकास केन्द्रले आयोजना गर्न लागेको सो महोत्सवमा गलकोट क्षेत्रका विविध सांस्कृतिक सम्पदा, पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिइने भएको छ । महोत्सवमा गलकोट भित्रका गीत संगीत, भजन किर्तन, घाटु नाच, साराङ नाच, बर्खे जात्रा लगायतका सांस्कृतिक झाँकी समेत प्रस्तुत गरिने तयारी गरिएको छ । त्यस्तै जडिबुटिको प्रदर्शनि तथा बिक्रि वितरण, जनजातिको भेषभुषा प्रदर्शनि, अल्लो तथा अन्य धागोबाट वनेको खाडि भाङ्ग्रा सल तथा अन्य सामग्रिहरुको प्रदर्शनि, काष्ठकला शिल्पकला, हस्तकलाबाट वनेका सामानहरु प्रदर्शनि तथा विक्रि वितरण गरीने भएको छ ।

साथै कार्यक्रममा विविध प्रतियोगितात्मक कार्यक्रम समेत सञ्चालन गरीने भएको छ । जसमा गलकोट घुम्टे पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता, खु्ल्ला गलकोट घुम्टे पालिका स्तरिय महिला भलिबल प्रतियोगिता, खुल्ला लोकदोहोरीगित प्रतियोगिता, गलकोट घुम्टे डान्स च्याम्पिएन, रत्यौली गित प्रतियोगिता, कृषि मेला पर्दसनी, व्याडमिन्टन प्रतियोगिता, दरमखोलामा माछा छोप्ने प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरीने भएको छ । 
महोत्सवमा गलकोटमा उत्पादन भएका विभिन्न बस्तुहरुको समेत प्रर्दशनी गर्नका लागि तयारी भईरहेको र महोत्सव अवधिभर राष्ट्रिय एवं स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुति रहने कार्यक्रम काठमाडौं संयोजक भूपिन्द्र खत्रीले जानकारी दिनुभएको छ ।

copyit all text and ulr साभार: 
http://www.galkotfm.com/news-details/330/2019-11-05

    Comment Here!