दोश्रो गलकोट घुम्टे महोत्सव संचालनको लागी तयारी तिब्र पारिएको छ । महोत्सबको लागी आर्थिक ब्यबस्थापन गर्नको लागी आर्थिक सहयोग संकलन अभियानले गति लिएको हो । 

बागलुङ जिल्लाको मुटु मानिने ऐतिहासिक, प्राकृतिक, धार्मिक, साँस्कृतिक, मौलिक कला सम्पदा र जैविक विविधतायुक्त आफ्नै पहिचान बोकेको ‘गलकोट क्षेत्रको विशेषतः “पर्यटन विकास ः समृद्ध नेपालको आधार” भन्ने उद्घाषलाई आत्मसाथ गदैं गलकोट बागलुङको पर्यटकिय पूर्वाधार विकास, विस्तार, प्रवर्धन र संरक्षणका लागी  क्रियाशिल यस गलकोट घुम्टे पर्यटन बिकास केन्द्रले तयारी तिब्र पारेको हो ।
आगामी मंसिर ०४ गते देखी मंसिर ११ गते सम्म दोस्रो गलकोट घुम्टे महोत्सव–२०७६को लागी आर्थिक ब्यबस्थापन गर्न आर्थिक ब्यबस्थापनको अभियानलाई तिब्र पारेको आर्थिक ब्यबस्थापन समिति सयोजक मञ्जु शर्मा चालिसेले जनकारि दिनुभयो । अहिले आर्थिक संकलनको लागी काठमाण्डौंमा पोखरा र बागलुङका बिभिन्न स्थानमा सहयोग बिशेष भेला सम्पन्न भएको छ । सयोजक चालिसेले भन्नुभयो आर्थिक संककलनको कार्यक्रम तिब्र रुपमा स.चालन भएको छ । सहयोग दाताहरले आर्थिक पारदर्शिताको बिषयलाई प्रभाबकारी बनाउन आग्रह गदैं सहयोग गर्ने प्रबिद्धता जनाउउनुभएको छ । हामिले आर्थिक पारदर्शिता र आयब्यय सार्बजनिक समयमै गर्ने प्रतिबद्धता जनाएका छौं । 

अथियानमा ब्यबसायि बिभिन्न संघसस्थाका पदाधिकारी र ब्यापारीले देखाएको सक्रिय सदासायताका हिसाबले दोश्रोे गलकोट घुम्टे महोत्सब सफल पार्न सबै गलकोटले अपनत्व लिन बाताबरण बनेको आर्थिक ब्यबस्थापन समितिका सदस्य हर्क बहादुर पाण्डेले जनाकारि दिनुभयो । देशका बिभिन्न स्थानमा आर्थिक संकलन गर्न आर्थिक ब्यबस्थापन समिति देशका बिभिन्न स्थानमा पुगेर छलफलमा जुटेको थियो । मौलिक महोत्सबको रुपमा दोश्रो गलकोट घुम्टे महोत्सब संचालन गरिने भएकोले सबैले साथ र सहयोग गर्नुपर्ने गलकोट घुम्टे बिकास मञ्च काठमाण्डौंका सचिब मिलन केसिले जनाकारि दिनुभयो ।

लोपोन्मुख सस्कृति, प्राकृतिक एैतिहासिक तथा जैबिक सम्पदाको संरक्षण, समृद्ध गलकोट निर्माणमा एकिकृत पर्यटन बिकास एबम प्रर्बद्धन भन्ने उद्घोषका साथ गलकोट घुम्टे पर्यटन बिकास केन्द्र गलकोट बागलुङले आगामी मशिंर ४ गते ११ गते सम्म १३ बर्ष पछि बसाहफाँटमा दोश्रो गलकोट घुम्टे महोत्सव २०७६ संचालन हुने भएको छ ।

पहिलो गलकोट घुम्टे महोत्सब २०६३ मा आर्थिक हिसाब पारदर्शि रुपमा सार्बजनिक नभएको भन्दै दोश्रो गलकोट घुम्टे महोत्सव–२०७६ मा सहयोगदाताले आर्थिक पारदर्शिता र समयमै सार्बजनिक गर्नुपर्नेमा जोड दिएका हुन् । केन्द्रले आर्थिक ब्यबस्थापन संगैं प्रचार प्रसारलाई तिब्रता दिएको जनाएको छ । 

copyit all text and ulr साभार: 
http://www.galkotfm.com/news-details/311/2019-10-21

    Comment Here!