गलकोट एफ एम, गलकोट
‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्दे्शिका, २०७४’ कार्यान्वयन नगर्ने गलकोटको पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लागाईएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले गलकोटको एकमात्रै पानी उत्पादन कम्पनी कार्की मिनिरल वाटर कम्पनीलाई बोतलको पानी उत्पादनमा रोक लगाएको हो ।
निर्दे्शिका पालना नगर्नेको सुचिमा परेपछि कम्पनीलाई बन्द गर्न निर्देशन दिएको हो । कार्यालयले अनुगमन गर्दा निर्दे्शिका पालना नगरेको पाईएकाले उत्पादन बन्द गर्न निर्देशन दिईएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख केदार पौडेलले जानकारी दिनुभयो । निर्दे्शिका अनुसार बोलतको सफाई, फिलिङ र क्यापिङको काम स्वचालित मेशिनबाट गर्नुपर्छ ।
सुद्ध पानीको उत्पादनका लागि कृषि मन्त्रालयले असल उत्पादन अभ्यासका लागि नयाँ निर्दे्शिका बनाएको थियो । निर्दे्शिका कार्यान्वयन नगर्ने कम्पनीहरुको अनुमति पत्र नविकरण नगर्ने देखी कारवाहीका लागि सिफारीस गर्ने सम्मको प्रकृया थालनि भएको पौेलले बताउनुभयो ।
उद्योगको वास्तविक अवस्थाबारे तयार गरिएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय बागलुङ लाई जानकारी गराइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले उद्योगका संचालकलाई आगमी आईतबारसम्म सम्पूर्ण कागजात सहित कार्यालयमा उपस्थित हुन पत्र काटेको प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभएको छ ।
copyit all text and ulr साभार:http://galkotfm.com/News/910

    Comment Here!