गुमानसिँह भण्डारी, गल्कोट २०७५ माघ १३ । गल्कोट नगरपालिका २ नरेठाटीमा नगरसभा हल बन्ने भएको छ । नगरसभा हलको आज शिलान्यास गर्दै नगरप्रमुख भरत शर्मा गैरेले आर्थिक पारदर्शिता, आर्थिक मितव्येयिता र कामको गुणस्तरियतालाई ध्यानमा राखेर सभाहल निर्माण गर्न निर्माण समितिलाई आग्रह गरे ।

नरेठाटीमा बन्न लागेको नगरसभा हल नगरको गौरवको बिषय भएको भन्दै नगरपालिकाका हरेक कार्यक्रम सञ्चालन गर्न सजह हुने गैरेको भनाई थियो । सभाहल नहुदाँ नगरका हरेक क्रियाकलाप बिद्यालय र बिभिन्न संघ संस्थाको भवन भाडामा लिएर सञ्चालन गनुपर्ने बाध्यता भएको बताउदै नगरप्रमुख गैरेले यसले त्यसको अन्त्य गर्ने बिश्वास ब्यक्त गरे । निर्माण कार्यमा नरेठाटीका राजनैतिक दल र वडा कार्यालयले बिशेष अनुगमन गनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै सभाहल निर्माण समितिका अध्यक्ष यम बहादुर श्रीसले निर्माण कार्य तोकिएको समयमै सम्पन्न हुने बिश्वास दिलाए ।
नगरसभा हलको योजना नरेठाटीमा पर्नु नरेठाटीबासीको लागी खुसीको बिषय भएको बताउदै श्रीसले निर्माण सामाग्री देखि लिएर हरेक कार्य पारदर्शि र गुणस्तरिय तरिकाले गर्ने बताए । श्रीसले निर्माण कार्यमा जनप्रतिनिधी र स्थानियले समय समयमा प्रत्यक्ष निगरान िगरि सुझाव, सल्लाह दिन समेत आग्रह गरे ।

कार्यक्रममा निर्माण समितिका सदस्य चन्द्रदत्त रेग्मी, नरेठाटी बजार ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर थापाले शुभकामना मन्तब्य राखेका थिए ।

वडा कार्यालय सँग जोडिएको पुरानो गाबिस भवन भत्काएर सभाहल निर्माण गर्न सुरु गरिएको वडा अध्यक्ष हिम बहादुर भण्डारीले बताए । सभाहल निर्माण भएपछि नगरपालिकाको नगरसभा, अन्तरक्रिया, गोष्ठि, छलफल गर्न सजिलो हुने उनको भनाई थियो ।

४३ फिट लम्बाई र २७ फिट चौडाई भएर निर्माण हुने सभाहल दुई तलासम्म बन्नेछ । नगरपालिकाको नगरगौरव योजना अन्तर्गत ६५ लाखमा लागतमा निर्माण कार्य सुरु गरिएको वडा सदस्य घनश्याम कुबरले बताए । पहिलो तलमा महिला र पुरुषका लागी दुई ओटा शौचालय, काउन्टर कक्ष र अन्य चार कोठा रहनेछन भने उपल्लो तलमा ट्स राखेर जस्ताको पाताले छाएर करिब १ सय २० भन्दा बढि मान्छे अट्ने हल निर्माण गरिने अध्यक्ष भण्डारीले बताए । भवन आगामि बैशाख मसान्त सम्म सम्पन्न हुने वाड कार्यालयले जनाएको छ ।

शिलान्यास कार्यक्रममा बिभिन्न राजनैतिक दल, वडा प्रतिनिधि, सभाजसेवी, शिक्षक, पत्रकार र स्थानियको सहभागीता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष हिम बहादुर भण्डारी हेमन्तको अध्यक्षता र वडा सदस्य घनश्याम कुबरको सञ्चालनमा सम्पन्न भएको थियो ।
copyit all text and ulr साभार: https://www.ebaglung.com/archives/46497

    Comment Here!