बागलुङ २०७५ माघ १३ । बागलुङ नगरपालिका-३ गुठी स्थित होटल ह्वाईट प्यालेसमा काका भतिजाबीच बिबाद हुँदा एक जनाको घाँटी काटिएर उपचारार्थ धौलागिरी अन्चल अस्पताल लगिएकोमा थप उपचारका लागी पोखरा रिफर गरिएको छ । उनिहरुबीच मदिरा सेवनका कारण बिबाद भएको प्रारम्भिक अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार कैलाली जिल्ला घोँडाघोडी-१ का वर्ष ३६ का गणेश आचार्य र दिपक आचार्य (काका भतिजा) घुम्नको लागि बागलुङ बजार आएर होटेल ह्वाईट प्यालेसमा बसेको मौकामा राति उनिहरुवीच बिबाद भएर हातापाई हुँदा आज विहान ३.१५ बजेको समयमा गणेश आचार्यको घाँटीमा चोट लागेको (काटिएको) अवस्थामा प्रहरीले फेला पारी उपचारका लागी धौलागिरी अन्चल अस्पताल लगिएकोमा त्यहाँ सम्भव नभएपछी पोखरा गण्डकी अस्पताल रिफर गरिएको हो ।
के कसरी घटना घट्न गएको हो भन्ने सम्वन्धमा थप जानकारी आउन बाँकी छ । घटनाका सम्वन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
copyit all text and ulr साभार: https://www.ebaglung.com/archives/46461

    Comment Here!