गल्कोट २०७५ माघ १० । प्रगति आधारभुत विद्यालय गल्कोट नगरपालिका ७ मल्ममा शैक्षिक अन्तरकृया सम्पन्न भएको छ ।
शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सम्बन्धित निकाय बिच सञ्चालन गरिएको अन्तरकृयामा विद्यालयमा विद्यार्थी अनुसार दरबन्दी नभएको, प्र्याप्त भौतिक पुर्वाधार नभएको, शैक्षिक गुणस्तर अभिवृद्वि सॅगै समय सापेक्ष प्राविधिक शिक्षा लगायतका विषयमा छलफल गरिएको थियो ।

अन्तरकृयालाई सम्बोधन गर्दै प्रमुख अतिथि गल्कोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खेमराज आचार्यले शिक्षा विकासको पुर्वाधारको पनि पुर्वाधार भएकोले विद्यालयलाई अभिभावक र विद्यार्थीले विश्वास गर्ने वातावरण निर्माण गर्नु पर्ने बताए । त्यसको लागि अभिभावकको चाहना बमोजिम शिक्षकको मेहनत, मानव मुल्य शिक्षा, अङ्ग्रेजी माध्ययम, पोशाक सॅगै सरसफाई, विद्यार्थीको सुरक्षा सॅगै विद्यार्थीको रुचि अनुसारको अध्यापन, शैक्षिक गुणस्तर अभिवृद्वि अपरिहार्य रहेको आचार्यको भनाई छ ।

त्यस्तै गल्कोट नगरपालिकाका सामाजिक विकास समिति संयोजक हिम बहादुर भण्डारी हेमन्तले समुदायलाई समझदारी गरेर आवश्यकता अनुसार विद्यालयको तह घटाउने या विद्यालय घटाउने र यसो गर्न नसकिए नगरले निती लागु पर्ने बाध्यात्मककारी विषय अहिलेको चुनौतिको रहेको बताए । समुदायको आपसी सहमति नहुने मुख्य समस्या रहेको भन्दै अब समय सापेक्ष मानसिकतालाई परिवर्तन गर्नुपर्ने भण्डारीको भनाई छ ।

अन्तर्क्रियामा विद्यालयको अवस्था, भावी योजनाको बारेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले अवधारणा प्रस्तुत गरेका थिए ।

२०४७ सालमा स्थापना भएको विद्यालयमा विद्यार्थी संख्या न्यून हुॅदै गएपछि २०६८ मा मर्जको लागि रेड लिष्टमा परेको थियो । २०६९ देखि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक र समुदायको सकृयतामा अङग्रेजी माध्ययमबाट पठनपाठन सॅगै भौतिक पुर्वाधारको विकास भएपछि अहिले अभिभावक र विद्यार्थीको विद्यालयमा आकर्षण बढदै गएको छ ।

शैक्षिक अन्तरक्रियामा होटल व्यावसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल, गल्कोट नगरपालिका वडा नं ७ का कार्य वाहक वडा अध्यक्ष लोक बहादुर थापा, विद्यालयका सल्लाहकार दल बहादुर थापा, प्रधानध्यापक नगेन्द्र बहादुर मल्ल, दिपज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त क्षेत्री, घुम्टे युवा परिवारका अध्यक्ष तथा पुर्व शिक्षक थम्मन थापा सन्देश, पुर्व शिक्षक हरिदत्त गौतम, स्थानिय समाजसेवी हुम बहादुर बस्नेत लगायतले आ-आफना धारणा प्रस्तुत गरेका थिए ।

कार्यक्रम प्रगति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाको अध्यक्षता, सहायक प्रधानध्यापक कृष्ण गौतमको स्वागत र शिक्षक अनिसा थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
copyit all text and ulr साभार:https://www.ebaglung.com/archives/46292

    Comment Here!