गुमानसिँह भण्डारी, गल्कोट २०७५ माघ ६ । हरिचौरका दल बहादुुर परियारले कटुवाल पेसाबाटै आफनो जीवन निर्वाह गर्दै आएका छन् । गल्कोट नगरपालिका वाड नम्बर ५ हरिचौर साबिक हरिचौर गाबिस वाड नम्बर ४ का ५२ बर्षिय परियारले ३।४ बर्षदेखि गाउघरमा सूचना प्रवाह गरि आफनो जीवन चलाउर्दै आएको बताए । गाउघरमा हुने सामाजिक क्रियाकलापका बिषयमा जनताले सुन्न सक्ने तरिकाले चर्को स्वरमा परियारले सूचना दिने गरेको बताए । पछिल्लो समय सूचना, प्रबिधिको बिकासले अधिकांश कटुवालहरुको पेसा बिस्तापित बनाएपनि परियारको कटेवाल पेसा भने निरन्तर चलिरहेको छ ।

परियार भन्छने यहि पेसाले ४ छोराछोरीलाई पढाउनुका साथै घरखर्च समेत चलाएको छु । गाउघरमा सुचना दिए बापत गाउलेहरुले बार्षिक रुपमा १२ माना अन्न दिने गरेका छन । गाउमा हाल १ सय ३० घरपरिवार छन । अन्न भएकाले अन्न र नभएकाले पैसा समेत दिन्छन परियारले भने यहि पेसाले आफनो जीवन निर्वाह भएको छ । परियारले घरमा खेती किसानी समेत गर्छन । परियारका जेठा छोराले १२, माईलो छोराले ६ कक्षा पढ्दा पढ्दै छोडेको र कान्छो छोराले ६ कक्षामा अध्ययन गर्ने उनले बताए । छोरीको भने बिवाह भएको परियारको भनाई छ । परियारले जस्तै हरिचौर कौलेनिका चन्द्र बहादुर बिक र हरिचौर बजारका जग बहादुर परियारले कटुवाल पेसाबाटै आफनो जीवन निर्वाह गर्दै आएका छन् ।
copyit all text and ulr साभार: https://www.ebaglung.com/archives/46118

    Comment Here!