गुमान सिँह भण्डारी, गल्कोट २०७५ माघ ५ । गल्कोट नगरपालिकाले मोवाईल एप सञ्चालनमा ल्याएको छ । अब नगरबासीहरुले आफुलाई आवश्यक पर्ने सम्पूर्ण विवरण मोवाईल एप मार्फत जानकारी लिन सक्ने भएका छन् । मोवाईल एपमा नगरपालिकाको सबै वस्तुगत विवरण सँगै जनप्रतिनिधी र कर्मचारीको पूर्ण विवरण समावेश गरिएको छ । मोवाईल एप खोलेर नगरपालिकाले वडा र नगरबाट दिने सम्पूर्ण सेवाबारे जानकारी पाउनुका साथै नगरपालिकाको कार्ययोजना, विकासे योजनाबारे बजेट सहितको विवरण थाहा पाउन सकिने नगरप्रमुख भरत शर्मा गैरेले बताए ।

यस्तै विपतबारेका सुचना, नगरभित्रका महत्वपूर्ण ऐतिहाशिक एवं धार्मिक स्थलहरु, आपत्कालीन नम्बर समेत एपमा समावेश गरिएको छ । नगरबासीले आफुलाई चाहिने विवरण थाहा पाउन मोवाईलको प्ले स्टोरमा गई अग्रेजीमा मिनिसिपिलिटी एप डाउनलोड गरी विस्तृत जानकारी लिन सकिनेछ ।

यो एप हालका लागी एनड्रोड मोवाईलमा मात्र लागु हुने नगरपालिकाले जनाएको छ । नागरिकका आवश्यक सल्लाह सुझाव र गुनासो समेत एपमा समावेश हुने भएकाले समय अनुकुल परिमार्जन गरिने नगरपालिकाका उपप्रमुख रेनुका काउचा मगरले जानकारी दिईन । एपको सहायताले नगरबासीले घरमै बसी बसी सम्पूर्ण विवरण प्राप्त गर्ने भएकाले धेरै सहज र सरल सेवा प्रदानमा नगरपालिका अग्रसर हुने काउचाको भनाई छ ।
copyit all text and ulr साभार:https://www.ebaglung.com/archives/46089

    Comment Here!