गुमानसिंह भण्डारी, गलकोट ।
गलकोट बुहुमखी क्याम्पसको आयोजनामा क्याम्पसको वर्तमान शैक्षिक अवस्था तथा आगामी शैक्षिक योजना विषयक अन्तरक्रिया बिहिबार सम्पन्न भएको छ । अन्तरक्रियामा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले समृद्ध नगरका लागि शिक्षा अपरिहार्य तत्व भएकोले शिक्षाको विकासको लागि गलकोट नगरपालिकाले विशेष योजना बनाएर अघि बढ्ने बताए ।

उनले समाज विकासको लागि शिक्षा पहिलो आधार भएकोले सबैले शिक्षाको बारेमा सोच्नुपर्ने बताए । अन्तरक्रियामा पुर्व सांसद कुुलराज शर्मा, क्यापटेन पुर्ण बहादुर राना, बद्धिजिबी यम बहादुर श्रीस, नेपाल कम्युनिष्ट पार्टि नेकपा गलकोट नगरसयन्त्र सदस्य तिलक उप्रती, नेपाली कांग्रेस गलकोट नगर उपसभापति यम बहादुर श्रीस राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठले मन्तव्य राखेका थिए ।

अन्तरक्रिया कार्यक्रममा बम बहादुर गुरुङ, उमाकान्त शर्मा, हेमन्त भण्डारी ढालेन्द्र प्रसाद गौतम, चन्द्रदत्त रेग्मी, तिलक थापा र देबेन्द्र खत्रीले आफ्नो सुझाव प्रस्तुत गरेका थिए । क्याम्पस प्रमुख कृष्णप्रसाद गौतमले क्याम्पस व्यवस्थापनको बारेमा अवधारणा प्रस्तुत गरेका थिए अन्तरक्रियामा बोल्ने बक्ताहरुले गलकोट बहुमुखी क्याम्पसलाई देशकै नमुना क्याम्पस बनाउने, विभिन्न शंकायहरु थप गर्ने, स्नातकोत्तर तह सञ्चालन गर्ने, गलकोट नगरपालिकाका सबै वडामा १०/१० रोपनी जग्गा व्यवस्थापन गर्ने र क्याम्पसको शैक्षिक भौतिक तथा आर्थिक व्यवस्थापनको लागि विशेष कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

२०७५, ४ माघ शुक्रबार १६:४४ मा प्रकाशित
copyit all text and ulr साभार:http://eparinews.com/?p=4669

    Comment Here!