दिनेश शर्मा, ताराखोला २०७५ पुस २५ । ताराखोला गाउँपालिका ४ तारामा हिँजो मंगलबार ४ बजेको समयमा आगलागीबाट मृत्यु भएका तीन जना बालबालिकाको आज केहि समय अघि दाहसंस्कार भएको छ । मृतक बालबालिकाहरुको शवको आजै गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा पोष्टमार्टम गरी तारामा ल्याएर दाहसंस्कार गरिएको थियो । दाहसंस्कार कार्यक्रममा मृतकका परिवार, स्थानीयबासीका साथै जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मी, ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख, ईलाका प्रहरी कार्यालय ताराखोलाको प्रहरी सहायक निरीक्षक समेतले मृतकहरु प्रति हार्दिक श्रद्धान्जलि अर्पण गरेका थिए ।

प्रजिअ खरेल नेतृत्वको टोली आजै मृतक तीन बालबालिकाहरुका परिवारलाई राहत वितरणार्थ ताराखोला पुगेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले ईबागलुङलाई बताए ।

हिँजो मृतक बालबालिकाहरु विद्यालयबाट छुटेपछी घरफर्कने क्रममा सलाईले ठाउँठाउँमा आगो बाल्दै हिँडेको र घटना स्थल गोठको माथिल्लो तलामा रहेको घाँसपात आगो बाल्दा आगो सल्केर तीनैजना बालबालिकाको आगलागीमा परी मृत्यु भएको स्थानीयले बताएको सहकर्मी पूर्णभद्र निउरेले जानकारी दिए । ।

६ वर्ष मुनीका तीन जना बालबालिकाहरुको आगलागीबाट भएको मृत्युको हृदयविदारक घटनाले पुरा ताराखोला मर्माहत बनेको छ, चिन्ताको सागरमा डुबेको छ । यस दर्दनाक अग्निकाण्डमा ज्यान गुमाउने बालबालिकाहरुमा स्थानीय रुद्रबहादुर रोकाका ६ वर्षिय छोरा रतिस रोका तथा स्थानीय डिलबहादुर घर्तीका ६ वर्षिया छोरी ऋतु र ४ वर्षिय छोरा आयुस घर्ती रहेका छन् ।

जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रजिअ खरेलले ताराखोला-४ का वडाध्यक्ष जीतबहादुर खत्री समेतको समुपस्थितिमा मृतक बालबालिकाहरुको घरमै पुगेर उनिहरुका अभिभावकहरुलाई मृतक जनहीलाई रु १ लाखका दरले रु ३ लाख रुपयाँ राहत रकम वितरण गरेको सहकर्मी खगेन्द्र विश्वकार्माले जानकारी दिए । सो अवसरमा आगलागीबाट क्षेती पुगेको गोठ धनीलाई रु ८ हजार राहत रकम प्रदान गरिएको थियो ।
copyit all text and ulr साभार: https://www.ebaglung.com/archives/45579

    Comment Here!