घनश्याम गौतम, गल्कोट, २०७५ पुस २३ । निलुवा समाज चमुवा जापानको नेतृत्वमा दुवै मृगौला फेल भई उपचारको क्रममा रहेकी श्रीमती ईन्द्रकुमारी पौडेललाई सहयोग हस्तान्तरण गरिएको छ । गल्ल्कोट नगरपालिका बडा नम्बर ४ चमुवामा जन्म भई हुग्दिशिरमा बिबाह भएको र हाल गैडाकोट नवलपरासीमा स्थायी बसोबास गर्दै आएकी पौडेललाई आज एक कार्यक्रमको बिच काठमाडौमा रकम हस्तान्तरण गरिएको हो ।

पौडेलको करिब ६ महिना अगाडि सामान्य रोग लागेर उपचार गराउँदा मृगौला फेल भएको थाहा भएको थियो । घरको आर्थिक अबस्था कमजोर भएको कारण पौडेलको उपचामा सहयोग गर्न निलुवा समाज चमुवा जापानद्वारा रकम संकलन अभियान सुरु गरिएको थियो ।

जापानमा रहने गल्कोटबासी तथा नेपालमा रहुने गल्कोटबासीहरुको सहयोगले पहिलो किस्ता बापतको रकम रु ५ लाख ३६ हजार रुपैया निलुवा समाज चमुवा जापानका सहसचिव गंगाराम शर्माद्वारा बिरामी पौडेललाई आज हस्तान्तरण गरिएको देबन्द्र सुेबदीले जनाकारी दिए ।

बिरामी ईन्द्र कुमारी पौडेलको हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार भईरहेको छ । उपचारमा रकम नपुग्ने भएको कारण खर्च जुटाउन श्रीमानलाई दुवई पठाएको समेत जानकारी गराउँदै सहयोग गर्ने सम्पुर्णलाई पौडेलले धन्यबाद दिईन ।

सन् २०१५ मा गल्कोटको चमुवाबाट जापानमा गएका चमुवाबासीको सकृयतामा गठित निलुवा समाज चमुवा जापानले निलुवाको पर्यटन बिकासमा महत्वपुर्ण भुमिका खेल्नुको साथै समाज सेवामा समेत दत्तचित्त भएर लागेको समाजका अध्यक्ष भोजेन्द्र सुवेदीले बताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा गल्कोट घुम्टे बिकास मञ्चका अध्यक्ष प्रशान्त ढकाल, उपाध्यक्ष मन बहादुर खत्री, सचिव मिलन कंडेल, बिरामीको आमा लगाएत सहभागिता रहेको थियो ।
copyit all text and ulr साभार: https://www.ebaglung.com/archives/45502

    Comment Here!