बाँके, २०७५ मंसिर २७ । छोरालाई बुहारी लिन स्कार्पियो जीपमा जन्ती लिएर बाँकेको शम्शेरगन्ज जाँदै गरेका मानबहादुर केसी र उनकी श्रीमती बिमला खत्री सहित ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

जन्ती चढेको बा १२ च ३१२२ नम्वरको स्कार्पियो र बिपरीत दिशाबाट आईरहेको ना ५ ख ४०९० नम्बरको बस आज विहान एकापसमा ठोकिएर दाङ स्थित लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक दुर्घटना भएको हो ।

जन्ती चितवनबाट शम्शेरगन्ज आउदै थिए ।
साभार :https://www.ebaglung.com/archives/44384

    Comment Here!