बागलुङ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले सामुहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा बागलुङका ३ युवालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरका २२ वर्षीयका रामु कुँवर, ३३ वर्षीयका हस्तबहादुर खत्री र २२ वर्षीयका साजन भनिने डेल्चन कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
१७ वर्षिय किशोरीलाई हस्त खत्रीको उपल्लाचौर स्थित घरमा लगेर जबरजस्ती मादक पदार्थ खुवाएर रातभर सामुहिक रुपमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
३ जना युवालाई पक्राउ गरेर थप अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए । अहिले लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ ।

यस अभियानको बिचमा दिन प्रतिदिन यस्ता घटनाहरु बढ्दै जाँदा विशेष गरी महिलाको सुरक्षामा चुनौती देखिएको छ । ठुला ठुला घटनाहरुमा प्रहरीले समयमा नै दोषी पत्ता लगाउन नसक्दा पनि यस्ता घटनाहरु बढिरहेको देखिन्छ ।
साभार: http://eparinews.com/?p=3998

    Comment Here!