गलकोट ।
स्वतन्त्र विद्यार्थी युनियन गलकोट बहुमुखि क्याम्पसले आयोजना गरेको शैक्षिक, खेलकुद तथा सास्कृतिक कार्यक्रम बुधबारदेखि सुरु भएको छ । क्यापसको शैक्षिक गुणस्तर वृद्धि, संस्थाको कोठा व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको सभापति गुमानसिह भण्डारीले बताए । बुधबारदेखि खुल्ला विद्यालय स्तरिय भलिबल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन गलकोट बहुमुखि क्यापस समुह ए र न्यु लाईफ आवासिय माद्यामिक विद्यालय बिच उद्घाटन खेल भएको छ ।
क्यापसको आर्थिक अवस्था कमजोर भएका कारण कक्षाकोठा थप गर्न सक्ने अवस्था नभएका कारण स्ववियुको कोठामा राखेर समेत विद्यार्थीलाई पढाउन थालिएको छ । संस्थाको आफ्नै कोठा भए पनि उक्त कोठामा विद्यार्थीहरुले पठनपाठन गर्ने भएका कारण कागजपत्र राख्न, बैठक, छलफल गर्न समेत ठाउको अभाव भएपछि कार्यक्रम मार्फत आर्थिक संकलन गरि कोठाको व्यवस्थापन गरिने आयोजकले जनाएको छ ।
क्यापसको २ तला र गलकोट नमुना माद्यामिक विद्यालयको २ तला भएको भवनमा विहानमा क्यापसका विद्यार्थीले अध्ययन गर्ने गरेका छन् भने दिउसोमा गलकोट नमुना माद्यामिक विद्यालयका विद्यार्थीहरुले पठन पाठन गर्ने गरेका छन् । क्यापसको आफ्नै खेलमैदान नहुदाँ बाह्य कार्यक्रमसँगै आन्तरिक कार्यक्रम समेत गर्न समस्या देखिएको विद्यार्थी धुर्व सुवेदीले बताए ।
संस्थाले बिहिबार बिहान ८ बजेदेखि मंसिर २१ गते १२ बजेसम्म भलिबल प्रतियोगिता, वतृत्वकलासँगै गलकोट बहुमुखि क्यापसका प्रध्यापक, व्यवस्थापन समिति र विद्यार्थी बिच शैक्षिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । २२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा संस्थाले खुल्ला बिद्यालय र क्यापस सहभगी हुने गरि भलिबल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, बतृत्वकला प्रतियोगिता, खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरेको भलिबल संयोजक दिपक मल्लले बताए ।
साभार: http://eparinews.com/?p=3924

    Comment Here!