दिनेश शर्मा, बुर्तिवाङ २०७५ मंसिर ११ । यहि मंसिर ९ गते बिहान ढोरपाटन नगरपालिका ९ को ढोरपाटन नबीगाउँमा आगलागी बाट पीडित परिवारहरुलाई राहत वितरण गर्न प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेतृत्वको टोली बुर्तिबाङ बजार देखी ढोरपाटन नबीगाउँ प्रस्थान गरेको छ । टोली आजै बागलुङ सदरमुकाम देखी बुर्तिवाङ आईपुगेको थियो ।
टोलीमा जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक दिपक रेग्मी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्त, ईलाका प्रशासन कार्यालयका प्रमुख नन्दराम भुषाल, पत्रकार लगायत रहेका छन् ।

आगलागीबाट नबीगाउँका ३० घर जलेर नष्ट भएको थियो भने २३ घरलाई नेपाली सेनाको हनुमानध्वज गुल्मको सक्रियतामा जोगाईएको थियो । गाउँका मानिसहरु जाडोका कारण सबै बेसी गाउँ झरेको हुनाले कुनै मानवीय क्षेती नभएपनि ३० घरमा बसोबास गर्ने ४८ परिबारको करीब ३ करोडको क्षती भएको थियो । ४ जना कुरुवाहरुमात्र रहेक अवस्थामा आगलागी भएको थियो । अनुसन्धानको क्रममा प्रहरीले केहि व्यक्तिलाई पक्राउ गरेको बताईएको छ ।
साभार: https://www.ebaglung.com/archives/43245

    Comment Here!