घनश्याम गौतम कार्तिक १४।–

बागलुङको गलकोटमा जारी प्रथम गलकोट महोत्सव २०७५ को छैठौँ दिन आज एपी वान टेलिभिजनबाट प्रसारित नेपाल आइडल कार्यक्रमकी जर्ज तथा चर्चित गायिका ईन्दिरा जोशीको सांगितिक प्रस्तुतिमा गलकोटेहरुले जोसिलो नृत्य प्रस्तुत गरेका छन् ।

आफैमा मोडल, तथा डान्सर जोशीले बिभिन्न बिधाका गितहरु गाउदा हरेक गितलाई गलकोटे स्थानियबासी दर्शकले ओन्समोर भन्दै हल्ला मच्चाएका थिए ।

पहिलो पटक गलकोटमा आउनुभएकी ईन्दीरा जोशीले जब स्टेमा उसको आफ्नै गलफ्रेण्ड छ रे, तिमिलाई देखेपछि आई लभ यु आई लभ यु, चौबन्धी चोलीयानी रातो घंघर, तिम्रै अघि आज म त अर्कौको बेहुली, रातको कुरा, जस्ता गितमा नाचेका गलकोटे दर्शकको लागी सिन्की अचार, रेलीमै नगर ख्याल ठ्ट्टा दिलको लाउनु हुदैन् भागबण्डा, उध्रेको चोली छ है त्यही पनि लाईन्छ जस्ता गित मसला जस्तै बनेका थिए ।

ईन्दीराको प्रस्तुतीलाई हुटिङ सुन्दा र नृत्य हेर्दा लाग्थ्यो दर्शकले हरेक प्रस्तुतीलाई अत्याधिकरुचाएका छन् ।

गायिका जोशीका दर्जन बढि प्रस्तुति दिदा गाएक नबिन पौडेल, लक्ष्मी मल्ल, सुमन थापा, सुनिता हमाल लगाएतका कलाकारहरुका आधा दर्जनबढि सांगितिक प्रस्तुतिलाई दर्शकले तालि र नृत्यले साथ दिएका थिए ।

उद्योग, व्यापार, कलाको विकास गरौैँं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवर्धन गरौं भन्ने मुल नाराका साथ बागलुङ उद्योग वाणिज्य संघ गलकोट ईकाईले आयोजना गरेको कृषि पर्यटन औद्योगिक व्यापार मेला तथा प्रथम गलकोट महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुति देखि गलकोट डान्स च्यामपियन चलिरहेको छ ।

आज उत्कृष्ट ८ मा पर्न सफल प्रतियोगिहरु सुस्मीता बोहोरा क्षेत्री, गिता श्रीस, तिर्सना बस्नेत, भरोषा क्षेत्री, अपर्ना साही, दुर्गा सुनार नबिना बुढाथोकी र आरती आलेले नृत्य प्रस्तुत गरेका थिए । आजको प्रस्तुतिबाट भोली उत्कृष्ट ६ छनोट गरिने आयोजकले जनाएको छ ।

आजै गलकोटको चर्चित तथा नेपालको राष्ट्रिय खेल खुल्ला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेल सम्पन्न भएको छ । ६ समुहको सहभागिता रहेको भलिबल प्रतियोगितामा आज गलकोट स्पोट्स कल्ब जापान र आयोजक बिच प्रतिस्प्रर्धा भएको थियो । भोलीबाट प्रतियोगिता सञ्चालन गरिने र लिक सिष्टममा सञ्चालन गरिने बताइएको छ । प्रतियोगितमा गलकोट नगरपालिका बडा नम्बर ६, गलकोट मोडनाईज्ड एकेडेमी, गलकोट नगरपालिका बडा नम्बर २, गलकोट स्पोट्र्स कल्ब, मनसुन रेष्टुरेण्ट र आयोजक सहभागि भएको गलकोट ईकाईका कोषाध्यक्ष दिलिप श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममो ७ औ दिन भोली राष्ट्रिय कलाकार रामजि खाड, देबी घर्ति, जिवन शर्मा् लगाएका कलाकारले सांगितिक प्रस्तुति दिने आयेजकले जनाएको छ । भोली महिला रत्यौली गित प्रतियोगिता सञ्चालन गरिने गलकोट ईकाईका सदस्य कौशिला घर्तिले जनाकारि दिनुभयो ।

साभार: http://galkotfm.com/News/615

    Comment Here!