गलकोटका सम्पदाको सदुपयोग गर्न सके समृद्ध गलकोट बन्छ : सांसद छन्त्याल !

घनश्याम गौतम, कार्तिक ०९ ।–
बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाईले आयोजना गरेको कृषि प्रयटन औद्योगिक ब्यापार मेला तथा प्रथम गलकोट महोत्सबको आज गलकोट नगरपालिका बाड नम्बर ३ सिमखेतमा संसिय सांसद ज्ञान कुमारी छन्त्यालले उद्घाटन गरि महोत्सबको शुभारम्भ भएको छ । महोत्सबको उद्घाटन गदै संघिय सभा सदस्य ज्ञान कुमारी छन्त्यालले गलकोट महोत्सबले गलकोट सगैं बागल्ङको बिकासमा योगदान दिने बताउनुभयको छ ।

गलकोट क्षेत्र आफैमा सास्कृतिक तथा प्राकृतिक हिसाबले पनि महत्वपुर्ण रहेको बताउदै सांसद छन्त्यालले अब समृद्ध गलकोट बनाउन गलकोटमा रहेका श्रोतको पहिचान गरि बिकास निर्माणमा जुट्नुपर्ने बताउनुभयो । उहाँले गलकोटको समृद्धी गलकोटमै रहेको प्रयटकिय क्षेत्र, दरम गौदी लगाएतका दर्जनौ नदि भएर बग्ने जलश्रोत बनजङ्गल लगाएतको सहि सदुपयोग गरि समृद्ध र समुन्नत बनाउनुपर्ने बताउनु भयो । उहाले गलकोटको ताराखोलमा रहेको सिस्नो खोस्ने पर्बलाई अबलोकन गर्दा ओझेलमा रहेका सस्कृतिको संरक्षणमा सबै जुट्दै, कृषि का्रन्ती मार्फत स्थानिय निकाय समृद्ध बनाउनुपर्ने बताउनुभयो । उहाले सरकारले कानुन निर्माण गरिरहेको जनाकारि दिदै स्थानिय तहमा अधिकतम बजेटको ब्यबस्था गर्न आफुले सक्दो प्रयास गर्ने बताउनुभयो ।

महोत्सवको उद्घाटनको अबसरमा गण्डकी प्रदेशका संसाद चन्द्र बहादुर बुढा सागर गलकोट महोत्सबले समग्र बागलुङको प्रर्यटन प्रबर्धनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । गण्डकी प्रदेशकी दिलमाया रोकाले गलकोट महोत्सब २०७५को सफलताको कामना गर्दै गलकोटको एैतिहासिकता गलकोट महोत्सबमा झल्कीने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले बिकास निर्माणको लागी सबै राजनैतिक दल,संघ सस्था स्थानियबासि एकजुट हुनुपर्ने बताउनुभयो ।

बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेल, गलकोट नगरपलिकाका नगर प्रमुख भरत शर्मा गैरे, बागलुङ नगरपालिकका नगर प्रमुख जनकराज पौडेल, ताराखोला गाँउपालिकाका अध्यक्ष प्रकाश घर्ति, बडिगाड गाउपालिकका अध्यक्ष मेहरसिहँ पाईजा, काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापा निसिखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेल, नेपाल कम्युनिष्ट पार्टि नेकपाका जिल्ला सयन्त्र सदस्य फमलाल निउरे, नेपालि काग्रेसका जिल्ला सल्लाहकार सदस्य हरिप्रसाद श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष बेदीलाल सापकोटा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रम बागलुङ उद्योग बाणिज्य संघ गलकोट ईकाईका अध्यक्ष बिरेन्द्र श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष ढालेन्द्र प्रसाद गौतमको स्बागत तथा महासचिब हिम बहादुर भण्डारी हेमन्तको सञ्चालनमा सम्पन्न भएको थियो । आज देखी नै महोत्सबमा बिभिन्न प्रकारका झुला, बाल उद्यान, ब्यापारिक स्टलमा किनमेल सुरु भएको छ । महोत्सव उद्घाटनका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ आउने व्यापक प्रचारप्रसार गरिएपनि अन्तिम समयमा राजधानी जानुपर्ने कामले गल्कोट आउन नसकेको बताईएको छ । मुख्य मन्त्री गुरुङको अनुपस्थितिले महोत्सव आयोजक लगायत गल्कोटबासीमा केहि निराशा छाएको महसूस गरिएको छ । एक महिना भन्दा पहिले देखी महोत्सवको व्यापक प्रचार प्रसार गरिएको गल्कोट महोत्सवमा नेपाली सिने जगतका महानायक राजेश हमाल सहित तीन दर्जन कलाकारहरुको जमघट रहने आयोजकले जनाएका छन् ।

करिब ६० लाख खर्च लाग्ने अनुमान गरिएको महोत्सब स्थलमा करिब २ सय स्टल निर्माण भैसेकेका छन् । बिभिन्न किसिमका झुला, बालउद्यान निर्माण भैसकेको छ । महोत्सबको लागि महोत्सब स्थल सीमखेत जाने मोटरबाटो समेत मर्मत गरिएको छ । महोत्सबको उद्घाटनको अबसरमा हटिया बजारमा यालीव्दारा बजार परिक्रमा गरिएको थियो ।
महोत्सबमा खुल्ला भलिबल प्रतियोगिता, लोकदोहोरी गीत प्रतियोगिता, गल्कोट डान्स च्याम्पीयन प्रतियोगिता, डबल ब्याडमिन्टन प्रतियोगिता, कृषि मेला प्रर्दशर्नी, शैक्षिक सामाग्री प्रर्दशनी तथा बाल मेला, क्यानोनिङ, सहितका प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएका छन् ।
भोली राष्ट्रिय कलाकार मिलन लामा तुलसा जिसिले सागितिक प्रस्तुति दिने बताइएको छ । शनिबारदेखी टिकटको माध्ययम बाट प्रबेशको ब्यबस्था रहेके साथै प्रत्येक काटिएका टिकटहरुबाट ड्र गरि हरेक दिन पोखरा काठमाण्डौं तथा काठमाण्डौं पोखराको एकतर्फि जहाजको टिकट उपलब्ध गराईने भएको आयोजकले जनाएको छ । उक्त जहाजको टिकटको प्रयोजन सुमेघ टुर्स एण्ड ट्राभल्सले गर्ने बताइएको छ ।

साभार: http://galkotfm.com/News/580

    Comment Here!